छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला    « Khabarhub

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला   


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बाँकेको डुडुवा गाउँपालिका-१ टेपरीस्थित भारत बहराइच हुलिया ग्राम पंचायत बस्ने ३५ वर्षीय कोइली मुराउ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, कपिलवस्तुका शिवराज नगरपालिका-९ रमुवादह बस्ने ४२ वर्षीया सिता कुमारी बुढा मगर आफ्नै घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै, झापाकाे अर्जुनधारा नगरपालिका-४ निलडाँडास्थित पोखरीमा सोही ठाउँ बस्ने ५४ वर्षीया सरस्वती मगर आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ५ : ३१ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्