ईलाम– सूर्योदय नगरपालिका-१४ कटुसे बस्ने ५१ वर्षीय मोहन राईको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
घर नजिकै रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया