व्यापार घाटा सन्तुलन गर्दै निर्यात बढाऔंः राष्ट्रपति « Khabarhub

व्यापार घाटा सन्तुलन गर्दै निर्यात बढाऔंः राष्ट्रपति


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौै– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्धन गर्नुपर्ने बताएकी छिन् ।

‘संघीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार काठमाडौमा शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पु¥याउनुपर्ने धारणा पनि राखिन् ।

मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरिन् । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ३ : १० बजे

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक