करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार, आठ जना पक्राउ « Khabarhub

करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार, आठ जना पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज कारबाहीका लागि डिभिजन वनलाई बुझाइएको छ ।

काठमाडौँ–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर रु दुई लाख ५० हजारका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने वर्ष ३० का सुशील पाठक, कालिकोट रासकोट घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २८ का विनोद बराल, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई कलङ्की बस्ने ज्ञानबहादुर ओली रहेका छन् ।

यस्तै रामेछाप लिखु तामाकोसी घर भई काँडाघारी बस्ने नवीन दाहाल, सोही ठाउँ बस्ने गोकर्णहरि दाहाल, बाँके घर भई चावहिल बस्ने निलकान्त भुसाल । धादिङ घर भई जडिबुटी बस्ने मोहनबहादुर विश्वकर्मा पनि पक्राउ परेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ३० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको