राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान « Khabarhub

राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय बीमा कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते विहान ११ बजेबाट साधारण सभा सुरु हुने जनाएको छ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–०६९, २०६९–०७०२०७०–०७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–०७१, २०७१–०७२२०७२–०७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यसपटक पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । जसका कारण लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा उल्लेखित आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरूको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरू पनि पेश गरिँदैछ । 

सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ । सो मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ११ : ५० बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक