‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको न्यूयोर्कमा हुने « Khabarhub

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको न्यूयोर्कमा हुने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१६ देखि सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौँ संस्करण आगामी अगस्ट १२ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । ’‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित हुने अवार्ड न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुन लागेको हो ।

अवार्डका अध्यक्ष नवराज श्रेष्ठका अनुसार विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्दै नेपालमा फिल्म टुरिजम हबको ढोका खोल्न अवार्ड आयोजना गर्न लागिएको हो । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रायोजनमा हुने अवार्डको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्क रहनेछ ।

अवार्डको आयोजक नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसी छन् । अवार्डका अघिल्ला पाँच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

आयोजकले अवार्डको लागि फिल्म छनोट समिति गठन भइसकेको र फिल्म छनोटको काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : २५ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका