जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली नहुँदा परिर्वतनप्रति वितृष्णा पैदा भयो : अध्यक्ष तिमिल्सिना « Khabarhub

जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली नहुँदा परिर्वतनप्रति वितृष्णा पैदा भयो : अध्यक्ष तिमिल्सिना


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतित भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणाालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।”

उनले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको बताए ।

उनले सन्देशमा भनेका छन्, “नागरिकको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।”

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ३ : १६ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ