टीकापुर घटनाको अनुसन्धान गर्न छानविन आयोग गठन गर्नुपर्छ : चौधरी « Khabarhub

टीकापुर घटनाको अनुसन्धान गर्न छानविन आयोग गठन गर्नुपर्छ : चौधरी


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् । यसका लागि धरातलमा गएर नागरिकसंग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उनको भनाइ छ । 

उनले टीकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गरे । त्यही फिल्मको रणभुल्लमा जनता परेपनि वास्तविकता भने फरक रहेको उनले बताए । चौधरीले टीकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गरे । उनले आम माफी पाएर आफू रिहा भएपनि आफूहरू हार्यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राखे । चौधरीले टीकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निर्क्यौल गर्नुपर्ने जिकिर गरे ।

उनले टीकापुर घटनालाई राजबन्दीहरूलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । चौधरीलाई उनका समर्थकले नेपालगंजमा भव्य स्वागत गरेका थिए । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ४ : ०१ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज