जनअपेक्षालाई यथोचित सम्बोधन गर्नू : अध्यक्ष तिमिल्सिना « Khabarhub

जनअपेक्षालाई यथोचित सम्बोधन गर्नू : अध्यक्ष तिमिल्सिना


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरूप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतीत भइसकेको छ, जनअपेक्षा अनुरूप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिंगो  राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।’

उनले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको बताए ।

उनले सन्देशमा भनेका छन्, ‘नागरिकको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम् परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।’

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ४ : ११ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने