बजेटमा समेटियो रुपन्देहीको कृषि उपज केन्द्र « Khabarhub

बजेटमा समेटियो रुपन्देहीको कृषि उपज केन्द्र


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुटवलमा निर्माणको तयारी गरिएको कृषि उपज केन्द्रलाई सरकारले बजेटमा समावेश गरेको छ ।

बुटवल उपमहानगरको सेमलारमा रु दुई अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार निर्माण हुन लागेको हो । स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगर–१५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

रुपन्देहीको सैनामैना र बुटवलको बीचमा एकीकृत थोक कृषि बजार निर्माण हुने भएकोे छ । बुटवलमा रहेको कृषि थोक बजार केन्द्र साँँघुरो भएपछि बुटवल–१६ र सैनामैना–१ को बीच भागमा पर्ने डहरगाउँ कर्साघाटमा ग्रिनपार्क बनाइने भएको हो । सङ्घीय सरकारले दुई नगरसँगको सहकार्यमा अत्याधुनिक एकीकृत कृषि बजार निर्माण लागेको हो ।

नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, बिक्री वितरण र भण्डारणका लागि वातावरणीय जोखिम मूल्याङ्कन गर्ने काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।

नेपाल सरकारले नेदरल्यान्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणका लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनका लागि अनुदान सम्झौता भएको थियो ।

सो बजारमा एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ५८ बजे

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा