साकेलाले लेटरप्याडमा कोशी प्रदेश उल्लेख नगर्ने « Khabarhub

साकेलाले लेटरप्याडमा कोशी प्रदेश उल्लेख नगर्ने


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ ।

 १ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर समुहले आन्दोलन चर्काइरहेका बेला साकेला गाउँपालिकाले आफ्नो लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको हो । जेठ १४ गतेको कार्यपालिका बैठकले पालिकाभित्र प्रयोग गरिने लेटर प्याडमा कोशी उल्लेख नगर्ने निर्णय गरेको हो । 

कोशी प्रदेश नामाकरण लगत्तै विरोधमा उत्रिएको किरात राई यायोक्खा खोटाङले संघ संस्थादेखि राजनैतिक दल सम्मलाई साइनबोर्ड, लेटर प्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको थियो । 

पहिचान पक्षधर समुहको सेन्टीमेन्ट बटुल्नका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेका छन् । 

स्थानीय तहभित्र प्रयोग हुने लेटर प्याडमा कोशी उल्लेख नगरे पनि प्रदेश र संघमा पठाइने लेटर प्याडमा भने कोशी नै उल्लेख गर्ने गरिएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ६ : ४२ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६