गाँजाखेती खुला भए बागलुङका स्थानीय लाभान्वित हुने | Khabarhub Khabarhub

गाँजाखेती खुला भए बागलुङका स्थानीय लाभान्वित हुने


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बलेवा- अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे मुसुक्क हाँसे, मन्त्री रोष्टममै हाँसे र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो ।

नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने विषयमा दुई खाले मत छन् । वैधानिक मान्ने र नमान्ने मतका बीचमा औषधिजन्य प्रयोगका लागि खेती गर्न सरकारले अध्ययन गर्ने घोषणा गरेको छ । यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पर्ने छ । त्यसको लाभ लिने बागलुङ प्रमुख जिल्ला हुनेछ ।

गाँजाको अध्ययन हुनसक्यो भने बागलुङको निसी, तमान, ताराखोला र ढोरपाटनका किसानले भाँगो उत्पादनका लागि लगाईका गाँजा जस्तै रुख प्रहरी पुगेर जबरर्जस्ती फँडानी गर्नेछैनन् । किसानले भाँगो उत्पादन बढाउनसक्छन् भने अध्ययन हुँदै गरेको गाँजाबाट पनि किसान लाभान्वित हुनेछन् ।

गण्डकी प्रदेशभर सबैभन्दा धेरै भाँगो उत्पादन हुने जिल्ला बागलुङ हो । बागलुङको पश्चिम क्षेत्रका अधिकांश स्थानीय तहमा भाँगो फल्छ । भाँगो लगाएका किसानले फूल फूल्न थालेपछि मात्रै छुट्टाउन सक्छन् भाँगो हो की गाँजा भनेर । गाँजा फल्दैन तर भाँगो फल्छ ।

“हाम्रो भूगोलका लागि यो असाध्यै राम्रो घोषणा सावित हुनेछ, भाँगो र गाँजाको सदुपयोग र दुरुपयोग कसरी हुन्छ भन्ने हो” तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने “हाम्रो पालिकाको जमिन उम्रिने फल्ने र आम्दानी दिने विषय बजेटमा समावेश हुनु सुखद हो ।”

उनले अध्ययन मात्रै होइन औषधिजन्य गुण भएको गाँजाको व्यावसायिक उत्पादन र निर्यात हुनसके जिल्लाका अधिकांश स्थानीय तहका किसान धनी हुने बताए । वैधानिक बाटो नहुँदा यसको उत्पादन र निकासीको तथ्याङ्क भने छैन ।

बागलुङका किसानले पाखोबारी बाँझो नराख्नका लागि भाँगोको खेती गर्छन् । भाँगोसँगै गाँजा उम्रिने भएकाले प्रतिबन्धित लागूऔषधको रुपमा रहेको भाँगोको रुखलाई सरकारी संयन्त्रले नष्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ४ : १५ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै