बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ०७ बजे

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको