नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितको बयान लिन सुरु « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितको बयान लिन सुरु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ । इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : १८ बजे

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय