सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन « Khabarhub

सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आज नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा सम्बोधन गर्दै सङ्गठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।

महानिरीक्षक कुँवरले भने, “त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, सङ्गठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थभन्दा सङ्गठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारबाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।”

प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व सङ्कलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखले आआफ्नो मातहत कार्यालयको सुपरीवेक्षण तथा अनुगमन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ३० बजे

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक