प्रधानमन्त्रीको भ्रमणले सीमा विवाद समाधान गर्नुपर्छ « Khabarhub

प्रधानमन्त्रीको भ्रमणले सीमा विवाद समाधान गर्नुपर्छ


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चार दिने औपचारिक भारत भ्रमण हिजोदेखि सुरु भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित दिल्ली पुगेका छन् । यसका लागि निकै लामो समय पर्खिनु पर्यो। अहिलेको समयमा यो भ्रमणको मुख्य उद्देश्य एजेन्डा सरकारले अघि सारेको छ। विद्युत्, सिंचाई, प्रकोपलगायतका विषयमा भारतको सहयोग लिने कुराहरू एजेन्डामा पारिएको छ। पेट्रोलियम पाइप लाइनको विस्तार गर्नको लागि पनि भारतलाई आग्रह गर्ने भनिएको छ। भारतमा नयाँ संसद् भवन बनेको छ। त्यही संसद् भवन भित्र छिर्ने ठाउँमा एउटा अखण्ड भारतको मुरत आकारको नक्सा सार्वजनिक भएको छ। जुन नक्सामा नेपालको भूमि लुम्बिनी र कपिलवस्तुलाई समेत समावेश गरिरहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको प्रवेश द्वारमा राखिनुलाई कसरी लिने ? यी र यस्तै विषयमा आधारित रहेर परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री, मन्त्री र संसद तथा नेता भारत भ्रमणमा लालायित हुनुको मुख्य कारण के हो ?
यसको प्रमुख कारण सत्तामा टिकिरहनको लागि भारतलाई रिझाउनु पर्छ भन्ने मानसिकता हो। जुन देशले पहिला निमन्त्रणा दिन्छ त्यो देशमा भ्रमणका लागि जाने हो। नेपालको भारत जाने परम्परा छ। भारत जानु हुँदैन भन्ने होइन। बहुआयामिक देश रहेको छ। भ्रमणको लागि पनि शुभकामना छ। प्रधानमन्त्रीको हतारो मात्र देखिएको हो। त्यसमा केही फरक पर्दैन।

यो भ्रमण चाँडो नहुनु आन्तरिक राजनीतिको या भारतको नै कारण थियो। खास ढिलासुस्तीको पछाडि तपाईं के देख्नुहुन्छ ?
यो दुवैतिरको कारणले हो। नेपालमा उपचुनाव भयो, राष्ट्रपति चुनाव भयो, अस्थिरता भयो। गठबन्धनमा फेरबदल भएको र भारतमा पनि आन्तरिक समस्या भएको कारण नेपालले चाहेको दिन सर्दै भारतले नै चाहेको दिनमा मिति तय भएको हो।

यो भ्रमणलाई अघि पछिको भन्दा शक्तिशाली वा कमजोर हुन्छ, कसरी लिन सकिन्छ ?
अहिलेको सरकार सबै भन्दा कमजोर नै रहेको छ। धेरै पक्षबाटै कमजोर भएको सरकार हो। संसदमा नक्सा निकालेको कुरामा हाम्रो भूमिबाट धेरै स्थानमा जाने बाटो बनाइएको छ। यस्ता विषय उठान गर्न सके भ्रमण फलदायी हुन्छ।

यो भ्रमणको हिसाबमा प्रधानमन्त्रीको मनोबल कतिको बढ्ने देख्नु भएको छ ?
नेपाली जनतामा स्वतन्त्रता र स्वाभिमानको भावना प्रबल छ। नेपालीहरू अर्काको थिचोमिचोमा बस्न चाहँदैनन्। भारत हाम्रो घनिष्ठ मित्र देश हो। प्रधानमन्त्रीले अब अनवरत रूपमा विश्वासिलो मान्यता, धार्मिक मान्यताको संरक्षणमा ध्यान दिने प्रति प्रेरित हुनु आवश्यक छ।

अखण्ड भारतको नाममा नेपाली भूमिको नाम सहितको नक्सा भारतले सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको भ्रमणमा यो सवाल उठ्नुपर्छ कि पर्दैन ?
भारतले सकियो दबाउने र सकिएन भने आफ्नो प्रभुत्व र प्रभावको क्षेत्रको रूपमा राख्ने सोच जारी नै राखेको छ। लुम्बिनीको नाम लेखेर नेपाललाई पुनरावलोकन गराउने खालको सोच भारतले बनाएको जस्तो भान हुन्छ। प्रभाव क्षेत्रको विस्तार गराउन खोजको हो। तर त्यसमा भारत असफल भएको छ। भारतले हाम्रो लक्ष्मण रेखा पार गर्न नसकोस् भन्ने ढंगले प्रधानमन्त्री प्रस्तुत हुनुपर्छ।

नेपालमा दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका छन्। तीनलाई राम्रोसँग उडान र अवतरण गर्नको लागि हामीसँग हवाई रुटको अनुमति भारतले दिन सकिरहेको छैन। यो विषयलाई कसरी उठाउन सकिन्छ ?
इन्डिया र नेपालको लागि बाटोको दोहोरो रुटको आवश्यकता छ। यो रुटहरू थप्ने एजेन्डा नेपालको पहिलो प्राथमिकतामा रहनुपर्छ। नभए हाम्रो एयरपोर्ट निष्क्रिय रहन्छ। नेपालमा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। यी कुरा नेपालको यसपालिको भ्रमणको मुख्य एजेन्डामा राखेको हुनुपर्छ।

चुच्चे नक्सामा पनि भारतले सहमति जनाउन नसक्नुको कारण के हो ?
यो विषयमा धेरै समस्या परिरहेको छ त्यसमा ध्यान दिनुपर्ने हुन्छ। राष्ट्र राष्ट्रबीच सुमधुर सम्बन्धको विकास गर्नुपर्ने हुन्छ। हामीले कुरा गर्ने प्रमाणको आधारमा हो। अन्य देशले सीमाको कुरालाई छुन नै नचाहेको अवस्था छ। यहाँ नेपाल र भारतको मात्र कुरा छैन। चीनसँगको सीमाको कुरा पनि छ। संसारको चलन नै हो जहाँ तीन वटा देशको सीमा जोडिन्छ त्यसलाई त्रिदेशीय बिन्दु भनिन्छ। त्रिदेशीय बिन्दु छुट्ट्याउने काम तीन देशको वार्ताबाट हुन्छ। यसैले हामीले इन्डिया, चीन र नेपालसँगै बसेर विवाद टुंगो लगाउनुपर्छ । त्यसमा नै असहजता देख्छु।

भाजपा र माओवादी केन्द्रको तालमेलको अवस्थामा भाजपालाई नेपालको कस्तो पार्टीसँग केमेस्ट्री मिल्छ ?
माओवादी कम्युनिस्ट विचारको नास्तिक हो भने भाजपा आश्रित र हिन्दु नै दृष्टिकोण राख्ने पार्टी हो। त्यसरी हेर्दा सैद्धान्तिक रूपमा यी दुईबीच मेल छैन। हिन्दु राष्ट्रका लागि मान्छेलाई पैसाको लालचा देखाएर काम लगाएको अवस्था रहेको छ। नेपाली नोट पठाएर त्यसको नकारात्मक रूपमा कार्य भएको पाइन्छ। नेपालमा नाकाबन्दी भएको बेलामा धेरै घटनाहरू भएका छन्। जे जस्तो भएमा पनि सार्वभौम समानताको विकास होस भन्ने भावना रहेको हो। प्रधानमन्त्रीको भ्रमणले थप सम्बन्धलाई सुदृढ बनाउनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ५६ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो