फिल्म ‘नांगो गाउँ’ को अमेरीकामा सबैभन्दा बढी माग « Khabarhub

फिल्म ‘नांगो गाउँ’ को अमेरीकामा सबैभन्दा बढी माग


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी भदौ २९ गतेबाट रिलिजमा हुने फिल्म ‘नांगो गाउँ’ अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने भएको छ ।

 फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ ।

उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए । फिल्म ‘जारी’ पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए । अमेरिकाका लागि यो एउटा रेकर्ड नै भएको उनले दाबी गरे ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ५ : ३४ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर