'द केरल स्टोरी' हिटलरको पालामा जस्तै : नसुरुद्धिन  | Khabarhub Khabarhub

‘द केरल स्टोरी’ हिटलरको पालामा जस्तै : नसुरुद्धिन 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाइरहेको छ। यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ।

तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेर्छन्। उनी भन्छन्, म यो फिल्म हेर्न चाहन्न। यत्रो ‘अफवाह’, भीडका कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो।

नसुरुद्दीन शाहले यस खाले प्रवृत्तिलाई जर्मनीको नाजीवादसँग जोडेका छन्। हिटलरको पालामा सरकार वा नेताहरूले फिल्म निर्मातालाई आफ्नोबारे फिल्म बनाउन लगाउने र त्यस फिल्मले सरकारले गरेको कामको प्रशंसा गर्ने गरेको उनी सम्झन्छन्। जसकाकारण राम्रा धेरै फिल्म मेकरहरु जर्मनी छोडेर हलिउड गए। उनका अनुसार अहिले भारतमा पनि हिटलरको समयकालको याद गराउने गरी सिनेमा निर्माणको काम सुरु भएको छ।

अभिनेता कमल हसन र कोलकाताका फिल्ममेकर अनिक चौधरीले पनि यसलाई ‘प्रोपगाण्डा फिल्म’ भनेका छन्, जसका कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ।

अदा शर्मा स्टारर फिल्म  ‘द केरला स्टोरी’ कथा बलियो भएकाले रिलिज अघि नै चर्चामा आयो। रिलिज भएको केही साता बितिसक्दा पनि यो चलचित्रलाई लिएर विभिन्न किसिमका बहस जारी छन्। तर, विवादका बाबजुद पनि यो फिल्मलाई दर्शकले रुचाइरहेका छन्।

धेरैले यो फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ३४ बजे

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी