प्रचण्ड गर्मीका कारण कलैयाका विद्यालय बन्द « Khabarhub

प्रचण्ड गर्मीका कारण कलैयाका विद्यालय बन्द


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बारा– बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले एक विज्ञप्तिमार्फत बिदाको जानकारी गराएका हुन् ।

 गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना हुनुका साथै खासगरी बालबालिकामा गर्मीका कारण स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भएको हुँदा सहजताका लागि बिदा घोषणा गरिएको प्रमुख साहले जानकारी गराए । उनले भने, ‘निजी तथा सरकारी विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीको चाप पनि घटेको हुँदा बिदा दिनुपरेको हो ।’ 

तराई-मधेसका जिल्लामा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको थियो । कतिपय विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोस हुन लागेकाले बिदा स्वीकृत गरिएको  शिक्षा शाखा प्रमुख वर्णवालले बताए ।

तातो हावा (लु) चलिरहेको हुँदा गर्मीका कारण बाराको जनजीवन कष्टकर बनेको छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । यस्तो समयमा घरबाट निस्कन निकै नै समस्या हुने गरेको बारागढी गाउँपालिका–४ का श्रीचन्द्र साहले बताए । 

अहिले सडकपेटी, हाटबजारलगायत स्थान प्रायः सुनसान देखिएका छन् । विद्यालय यही जेठ १९ देखि बन्द भई जेठ २५ गते खुल्ने शिक्षा शाखा प्रमुख वर्णवालले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ३ : ३७ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको