भारतीय क्रिकेटर ध्वनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा « Khabarhub

भारतीय क्रिकेटर ध्वनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिकेट प्रेमीका लागि महेन्द्र सिंह धोनी अपरिचित नाम हैन । उनले भारतीय टीमको कम्तानी सम्हाल्दा विश्व चर्चित भए । यो सबैले जानेको र बुझेको विषय हो। तर, तिनै धोनी ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पनि सफल भएका छन् भन्ने विषय सबैलाई ख्याल नहुन सक्छ ।

पूर्व भारतीय कप्तान धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा छ । उनको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहनु २०११ को विश्वकपको विजयी छक्का हो ।

पूर्व भारतीय कप्तान सचिन तेन्दुलकर, राहुल द्रविड र सौरव गांगुली पछि भारतका लागि सर्वाधिक रन जोड्ने कप्तानको रेकर्ड धोनीकै नाममा छ । क्रिकेटमा तीन वटै विधामा बनाएको उनको रन सबै भन्दा बढी छ ।

त्यस्तै धोनीले श्रीलंकाविरुद्धको विश्वकप फाइनल खेलमा छक्का प्रहार गर्दै २८ वर्ष पछि भारतलाई उपाधि दिलाएका थिए । धोनीले फाइनल खेलमा छक्का हानेको ब्याट दुनियाको सबै भन्दा महँगो ब्याट बनेको छ ।

भारतको एक कम्पनी आर के ग्लोबल एन्ड सेकुरिटी लिमिटेडले धोनीको उक्त ब्याटलाई किन्नका लागि लाखौ डलर खर्चेको थियो । जहाँ कम्पनीले उक्त ब्याटका लागि १ लाख ६१ हजार २९५ डलरको बोली लगाएको थियो । यती महंगो ब्याट बिक्री भएका करण धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा राखिएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ०३ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र