श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ « Khabarhub

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको छ ।

सो मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा श्री १००८ डा चक्रपाणी आचार्य स्वामीजीले कथा वाचन गरेका थिए । महायज्ञमा जनार्दन घिमिरेले मूल पाठपारायण गरेको मूल आयोजक समितिको अध्यक्षसमेत रहेका १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिए । विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गरेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो ।

मन्दिर पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, काठमाडौँ निर्वाचन–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशका पूर्वसंस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलगायत स्थानीयवासीको सहयोगमा मन्दिर पुनःनिर्माण भइरहेको छ ।

मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु १३ करोड खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिए। मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै रु पाँच करोड बजेट लाग्ने उनले सुनाए । बाँकी सहयोग जुटाउने उद्देश्यले नै अनुष्ठान आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ६ : ०४ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान