प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इन्दोर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोज आयोजना गरेका छन् । मुख्यमन्त्री चौहानले शुक्रबार साँझ इन्दोरमा रात्रिभोजको आयोजना गरेका हुन् ।

मध्यप्रदेशस्थित होेटल म्यारियटमा मुख्यमन्त्री चौहानले नेपाल र भारतबीच सदिऔँदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप विस्तार गर्नका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमण भएकामा प्रसन्नता व्यक्त गरे। प्रधानमन्त्री दाहालसँगै नेपाली ढाका टोपीमा देखिएका चौहान र उनका सरकारका वरिष्ठमन्त्रीको समेत त्यस अवसरमा सहभागिता थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू र आफ्नो प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेको मुख्यमन्त्री चौहानलाई धन्यवाद दिए । कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोेलप्रसाद गजुरेल, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतको सहभागिता थियो ।

इन्दोर सहरमा नेपाल र भारतबीचको मैत्री सम्बन्ध अमर रहोस्, नेपालका प्रधानमन्त्री दाहाललाई स्वागत छ लेखिएका होर्डिङ बोर्ड राखिएका छन् । चोक चोकमा अनेकन झाँकी प्रस्तुत गरिएको थियो । उक्त झाँकीमा यहाँ रहेका नेपालीको सहभागिता थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सार्नुभएको स्वच्छ भारत अभियानको सफल उदाहरणको रूपमा इन्दोरलाई लिन सकिन्छ । सडक, चोक, गल्ली कतै पनि सामान्य फोहरसमेत देखिँदैन । खास अर्थमा स्वच्छ भारत अभियानको नेतृत्व गरेको यस सहरले प्राप्त गरेको सफलतालाई नेपालको सङ्घीय राजधानी काठमाडौँमा प्रयोग गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापनको यस ढाँचाका बारेमा सरकारले थप अध्ययन गरेर अगाडि बढ्ने बताएका छन् ।

फोहरलाई मोहर बनाएको इन्दोरलाई यस दिशामा अगाडि बढाउन आफूहरूको ठूलो मेहनत परेको इन्दोर नगर निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहको भनाइ छ । नेपाल सरकारले यस पटकको नीति तथा कार्यक्रममा वातावरण संरक्षण र फोहर व्यवस्थापनको विषयलाई विशेष महत्त्व दिएको छ । भारतको यस सहरले कार्बन क्रेडिट बिक्री गरेर मात्रै आठ करोड ३४ लाख भारतीय रुपैयाँ आम्दानी गरेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १० : ५३ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा