ए डिभिजन लिगमा आज तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज एपीएफ र थ्री स्टार क्लब, चर्च ब्वाइज युनाइटेड र जावलाखेल तथा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एपीएफ र थ्री स्टार क्लबबीचको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा एपीएफ २३ खेलबाट २९ अङ्कका साथ आठौँ स्थानमा छ । यस्तै २७ अङ्क भएको थ्री स्टार ११औँ स्थानमा छ ।

यसैगरी, त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबबीचको खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । अहिलेसम्म आर्मी ३० अङ्क जोडेर लिग तालिकाको छैटौँ स्थानमा छ भने सातदोबाटो २९ अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै, आजै दशरथ रङ्गशालामा साँझ ६ बजे हुने खेलमा चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लब भिड्ने छन् । शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको ४१ अङ्क छ भने तेस्रो स्थानमा रहेको जावलाखेलको ३७ अङ्क छ ।  

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ७ : १८ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी