निजी जीवनमा निकै कञ्जुस सारा अली खान « Khabarhub

निजी जीवनमा निकै कञ्जुस सारा अली खान


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन्।

यो फिल्म शुक्रबार रिलिज भइसकेको छ। फ्यानले फिल्म मनपराइरहेका छन्। यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन्। हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन्।

जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका बारेमा खुलेर कुराकानी गरिन्। ‘म वास्तविक जीवनमा निकै कन्जुस छु। जब म अधुधाबी आएँ, मलाई निर्माता दिनेश विजाको एक भ्वाइस सन्देश आयो। जसमा उनले यहाँ रोमिङ मात्र ४०० रुपैयाँमा आउने बताउँदै यसलाई लिन भनेका थिए। त्यसपछि रोमिङको शुल्क कति भनेर सोध्दा १० दिनको ३००० रुपैयाँ थाहा पाएँ। मैले यहाँ एक दिनका लागि मात्र आएको भएर आफ्नो हेयर ड्रेसरको हटस्पटले काम चलाएँ’, उनले भनेकी छन्।

यसअघि विक्की कौशलले एक प्रमोसन इभेन्टमा साराको विषयलाई लिएर खुलासा गरेका थिए। उनका अनुसार साराले तौलिया किन्नका लागि निकै गाली खाएकी थिइन्। किनकी त्यो तौलियाको मूल्य १६ सय रुपैयाँ थियो। त्यस्तो तौलिया भेनिटी भेनमा दुई तीनवटा निशुल्क प्रयोग गर्न पाइन्थ्यो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : ४८ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र