निजी जीवनमा निकै कञ्जुस सारा अली खान « Khabarhub

निजी जीवनमा निकै कञ्जुस सारा अली खान


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन्।

यो फिल्म शुक्रबार रिलिज भइसकेको छ। फ्यानले फिल्म मनपराइरहेका छन्। यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन्। हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन्।

जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका बारेमा खुलेर कुराकानी गरिन्। ‘म वास्तविक जीवनमा निकै कन्जुस छु। जब म अधुधाबी आएँ, मलाई निर्माता दिनेश विजाको एक भ्वाइस सन्देश आयो। जसमा उनले यहाँ रोमिङ मात्र ४०० रुपैयाँमा आउने बताउँदै यसलाई लिन भनेका थिए। त्यसपछि रोमिङको शुल्क कति भनेर सोध्दा १० दिनको ३००० रुपैयाँ थाहा पाएँ। मैले यहाँ एक दिनका लागि मात्र आएको भएर आफ्नो हेयर ड्रेसरको हटस्पटले काम चलाएँ’, उनले भनेकी छन्।

यसअघि विक्की कौशलले एक प्रमोसन इभेन्टमा साराको विषयलाई लिएर खुलासा गरेका थिए। उनका अनुसार साराले तौलिया किन्नका लागि निकै गाली खाएकी थिइन्। किनकी त्यो तौलियाको मूल्य १६ सय रुपैयाँ थियो। त्यस्तो तौलिया भेनिटी भेनमा दुई तीनवटा निशुल्क प्रयोग गर्न पाइन्थ्यो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : ४८ बजे

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र