अभिताभ-जयाको विवाहको ५० वर्ष पुरा « Khabarhub

अभिताभ-जयाको विवाहको ५० वर्ष पुरा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ । दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन  गुजार्ने वाचा गरेका थिए । एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरूले सँगै ५० वर्ष पूरा गरेका छन् । सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन । 

श्वेताले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा दुबै जना निकै मासूमक्यूट देखिएका छन् । विशेषगरी जया बच्चनको सरल शैलीले फ्यानलाई पुराना दिनको याद दिलाइरहेको छ । श्वेताको यो पोस्टमा फ्यान बाहेक सबै सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् र उनलाई विवाहको वर्षगाँठको शुभकामना दिएका छन् ।

पहिलो भेट कहिले भयो ?

जया बच्चन र अमिताभ बच्चनको पहिलो भेट सन् १९७० मा भएको थियो । त्यतिबेला जया सुपरस्टार बनिसकेकी थिइन् र अमिताभ भने संघर्षरत थिए । जयाले उनलाई पुणे फिल्म इन्स्टिच्युटमा देखेकी थिइन् । त्यहाँ पुगेका बिग बी फिल्म निर्माता के अब्बास र केही अन्य कलाकार पनि उनीसँगै थिए । आफ्नो अग्लो कद र व्यक्तित्वका कारण अमिताभ जयाको नजरमा आए तर कुरा त्यहीँ रह्यो ।

जयाको तस्बिर ग्लोसी म्यागजिनमा छापिएको थियो । जब अमिताभको आँखा पर्यो, उनी हेरिरहे । जयामा उनले त्यही केटी देखे जसको बारेमा उनी सोच्थे । परम्परागत र आधुनिक मूल्यहरूको पूर्ण सन्तुलनका साथ जया बिग बीको हृदयमा प्रवेश गरिन्। उनीहरूको औपचारिक भेटको श्रेय ऋषिकेश मुखर्जीलाई जान्छ । उनले दुवैलाई ‘गुड्डी’ का लागि एकसाथ ल्याएका थिए र यहीँबाट उनीहरूको मित्रता सुरु भयो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  २ : १७ बजे

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका