अभिताभ-जयाको विवाहको ५० वर्ष पुरा « Khabarhub

अभिताभ-जयाको विवाहको ५० वर्ष पुरा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ । दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन  गुजार्ने वाचा गरेका थिए । एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरूले सँगै ५० वर्ष पूरा गरेका छन् । सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन । 

श्वेताले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा दुबै जना निकै मासूमक्यूट देखिएका छन् । विशेषगरी जया बच्चनको सरल शैलीले फ्यानलाई पुराना दिनको याद दिलाइरहेको छ । श्वेताको यो पोस्टमा फ्यान बाहेक सबै सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् र उनलाई विवाहको वर्षगाँठको शुभकामना दिएका छन् ।

पहिलो भेट कहिले भयो ?

जया बच्चन र अमिताभ बच्चनको पहिलो भेट सन् १९७० मा भएको थियो । त्यतिबेला जया सुपरस्टार बनिसकेकी थिइन् र अमिताभ भने संघर्षरत थिए । जयाले उनलाई पुणे फिल्म इन्स्टिच्युटमा देखेकी थिइन् । त्यहाँ पुगेका बिग बी फिल्म निर्माता के अब्बास र केही अन्य कलाकार पनि उनीसँगै थिए । आफ्नो अग्लो कद र व्यक्तित्वका कारण अमिताभ जयाको नजरमा आए तर कुरा त्यहीँ रह्यो ।

जयाको तस्बिर ग्लोसी म्यागजिनमा छापिएको थियो । जब अमिताभको आँखा पर्यो, उनी हेरिरहे । जयामा उनले त्यही केटी देखे जसको बारेमा उनी सोच्थे । परम्परागत र आधुनिक मूल्यहरूको पूर्ण सन्तुलनका साथ जया बिग बीको हृदयमा प्रवेश गरिन्। उनीहरूको औपचारिक भेटको श्रेय ऋषिकेश मुखर्जीलाई जान्छ । उनले दुवैलाई ‘गुड्डी’ का लागि एकसाथ ल्याएका थिए र यहीँबाट उनीहरूको मित्रता सुरु भयो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  २ : १७ बजे

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली