पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ « Khabarhub

पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागूपदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै सङ्कटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो । बोर्डमा रहेका तीनजना पुरुषले प्रहरीलाई आफूहरूले जहाजको इन्जिनमा समस्या देखेको तर डुङ्गा चलाउने अनुभव नभएको बताएका थिए ।

ती व्यक्तिको शङ्कास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरिक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्याङ्कीमा २९ वटा शंकास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै रहेको बताइएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् । दोषी प्रमाणित भएमा उनीहरुलाई अधिकतम आजीवन कारावासको सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : ०२ बजे

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी