सुरुमै उपचार भए डिम्बाशयको क्यान्सर निको हुन्छ « Khabarhub

सुरुमै उपचार भए डिम्बाशयको क्यान्सर निको हुन्छ


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय डिम्बाशयको क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। यो समस्या महिलामा लाजले लुकाउने र सामान्य हो भनेर बस्दा समस्या झन् बढ्दै गएको चिकित्सकले बताएका छन्। त्यसैले डिम्बाशय क्यान्सर के हो ? के कारणले हुन्छ ? कसरी बच्ने त ? रोकथामका उपायहरू के के हुन् ? डिम्बाशयको क्यान्सर हुनै नदिन के गर्ने ? यिनै विषयमा आधारित रहेर क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश :

डिम्बाशय क्यान्सर भनेको के हो ?
महिला प्रजनन अंग मध्येमा डिम्बाशय भनेको डिम्बा निकाल्ने जसलाई अंग्रेजीमा ओभरी पनि भनिन्छ। त्यो ओभरीको कोशिकाहरू अनियन्त्रित भएर विभाजित हुन्छ भने त्यसलाई डिम्बाशयको क्यान्सर भनिन्छ। डिम्बाशयको क्यान्सरलाई ’साइलेन किलर’ पनि भन्ने गरिन्छ। यो क्यान्सर लागिसक्यो भने यसले छिट्टै ज्यान लिन्छ।

यो क्यान्सरका लक्षण के के हुन् ?
यसको लक्षण सुरुको अवस्थामा नै देखिँदैनन्। यो अलि एडभान्स भइसकेपछि मात्र लक्षण देखाउने हो। त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ। त्यसैले हामीले लक्षण नदेखिए पनि एक पटक स्क्रिनिङ जाँचमा जाने वा वर्षमा एक पटक महिला प्रजनन अङ्ग सम्बन्धी पाठेघर, स्तन, डिम्बाशयको जाँच गराउने र डाक्टरकोमा गएर परामर्श लिनुपर्छ।
यो एडभान्स भएपछि देखिने लक्षण भनेको हामीलाई ग्यास्ट्रिक हुने, तल्लो पेट दुख्ने, पिसाब फेर्दा रगत आउने, पेट दुःखेको जस्तो हुने तर दुखाई कहाँबाट भएको हो भन्ने थाहा नहुने, पेट पोलेको जस्तो हुने, दुखाइले बिरामी बेहोस हुने, पातलो दिसा आउने हुन्छ।

अस्पतालमा गएपछि डिम्बाशयको क्यान्सर भएको कसरी थाहा हुन्छ ?
पहिला बिरामी अस्पतालमा आएपछि पेटको भिडियो एक्स-रे वा अल्ट्रासाउन्ड गरिन्छ। त्योबाट डिम्बाशयमा भएको आकार र प्रकार सबै थाहा पाइन्छ। त्यसपछि हामीले ट्युमर मार्ग यसलाई (सीए १२५) पनि हेर्छौ। त्यसमा अलमल भयो भने एचईई ४ पनि हेर्न सकिन्छ र यो सबैमा तलमाथि छ भने हामीले हेर्ने भनेको सिटी स्क्यान जाँच हो। त्यसमा प्रस्ट तस्बिर आएपछि ल्याप्प्रोटोमी गरेर ल्याप्प्रोसकोपिक डायग्नोसिस टेस्ट अथवा बायप्सि टेस्ट गर्न सक्छौँ। डिम्बाशयलाई फालेर पनि त्यसपछि आएको बायप्सिलाई हेर्न सकिन्छ।

यसको उपचार कत्तिको सम्भव छ ?
पछिल्लो समय यसको उपचार पद्धति धेरै विकास भएको छ। स्टेज १, २, ३ को क्यान्सरलाई सामान्य भन्छौँ र स्टेज ४ को क्यान्सर पनि अहिले उपचार भएर मजाले बाँच्न सकिन्छ। समयमा यसको उपचार गर्यो भने पुरै निर्मूल पार्न सक्छौँ। यदि स्टेज ४ मै भएर शरीरका अरु भागमा पनि सरिसकेको छ भने यसलाई डायबिटिज प्रेसर जस्तो गरेर औषधि दिइरहनुपर्छ। यसरी गए लामो समयसम्म बाच्न सकिन्छ।

डिम्बाशयको क्यान्सर भएको महिलाले बच्चा जन्माउन सक्छिन् ?
दुवै डिम्बाशयको क्यान्सर एकै पटक हुँदैन। एउटा डिम्बाशयको क्यान्सर हुन्छ र त्यो अर्लि स्टेजमा छ भने हामीले त्यसलाई फालेर अर्को डिम्बाशयलाई प्रिजभ गर्न सकिन्छ। यदि यो एडभान्स स्टेजमा छ भने अप्रेसन गर्नु भन्दा पहिला अण्डालाई प्रिजभ गर्न सकिन्छ। र त्यसको उपचारको दुईदेखि तीन वर्षपछि बच्चा जन्माउन सकिन्छ।

सामान्य ठानेर लापरबाही गर्यो भने कस्तो असर गर्छ ?
यो समस्या कसैलाई नभनी बस्ने हो भने यो रोग शरीरका सबै भागमा सरेर जाने गर्छ। पछि गएर रोग पनि छिपिन्छ, शरीरलाई पनि गाह्रो हुन्छ र खर्चपछि बढी लाग्ने गर्छ।

यसको उपचार खर्च कति छ ?
अर्ली स्टेजको क्यान्सरको लागि नेपाल सरकारले दिने एक लाखदेखि डेढ लाखले नै यो उपचार सम्भव छ। किनभने पहिलो स्टेजमा सबै उपचार गरेर फाल्यौ भने यो पुरै निको हुन्छ। त्यसैले समयमा नै उपचार गर्ने हो भने यसको उपचार खर्च सबै नेपालीको पहुँचमा छ। र उपचार नेपालमा नै सम्भव छ।

डिम्बाशयको क्यान्सर भएपछि के के कुरामा ध्यान दिनुपर्छ ?
कुन उमेर समूहमा भएको हो त्यसको आधारमा ध्यान दिनुपर्छ। यदि महिनावारी सुकेपछि भयो भने यो उपचार गरेपछि भिटामिन डी र क्याल्सियम युक्त खाना खाने, व्यायाम गर्ने गर्नुपर्छ। महिनावारी भइराखेको र परिवार पुरा नभएकोले फलोअपमा जाने, कसरी प्रिजभ गर्ने यसबाट हुने जोखिमको बारेमा ध्यान दिनुपर्छ। डाक्टरले दिएको भनेको औषधि नियमित खाने र रगतको जाँच गरीरहने गर्नुपर्छ। खानपिन व्यायाम र आराममा विशेष ध्यान दिनुपर्छ।

डिम्बाशयको क्यान्सर हुन नदिन के गर्ने ?
धेरै मोटो, मद्यपान गर्ने, ढिलो विवाह गर्ने व्यक्तिमा डिम्बाशयको क्यान्सर धेरै हुन्छ। २२ वर्षदेखि ३० वर्ष भित्र विवाह गरेर बच्चा जन्माउँदा पनि डिम्बाशयको क्यान्सर कम भएर जान्छ।
महिनावारी छिटो हुने र सुक्ने समय ढिलो हुने मान्छेमा हुन्छ। परिवारमा कसैलाई पहिला थियो भने पछिल्लो पुस्तालाई पनि यो क्यान्सर हुन्छ। त्यसैले मोटोपना नियन्त्रण गर्ने, रेगुलर स्क्रिनिङ गर्ने गर्यो भने यो क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : ०६ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण