८ मिनेटको दृश्यका लागि ७० करोड खर्च ! « Khabarhub

८ मिनेटको दृश्यका लागि ७० करोड खर्च !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् । भारतीय फिल्म ‘साहू’ मा यो जोडीको एकसाथ देखिँदैछन् ।

हिन्दी, तेलुगु र तामिल तीन भाषामा निर्माण भइरहेको यो चलचित्र एउटा खबरले अहिले चलचित्र बजार तरंगित बनेको छ । प्रभासको फिल्म भनेर यसअघि नै चर्चा बटुलेको यो फिल्ममा छायाँकार आर माधीले उक्त खबर चुहाएको बताइन्छ ।

माधीका अनुसार फिल्ममा ८ मिनेटको दृश्यको लागि ७० करोड भारु खर्च गरिएको छ । अबुधाबीमा छायाँकन गरिएको उक्त एक्शन दृश्यले सबैभन्दा खर्चिलो दृश्यको कीर्तिमान नै राख्ने खबर चलेको छ । फिल्ममा प्रभासको भूमिका विभिन्न प्रकारको रहेको थाहा भएको छ । श्रद्धाको भने फिल्ममा प्रहरीको भुमिकामा छिन् ।

प्रभासको फिल्म एक्शन हुने पक्का रहेपनि सानो दृश्यको यति ठूलो रकम खर्चेको खबरसँगै फिल्मको चर्चा थप चुलिएको छ । फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रफ, निल नीतिन मुकेश, मन्दीरा बेदी, चंकी पाण्डे, महेश मान्ज्रेकर, अरुण विजय, मुरली शर्मा लगायतका स्टारहरु रहेका छन् ।

सुजिथ रेड्डीले निर्देशन गरेको उक्त फिल्म बजेट ३ अर्ब भारु रहेको छ । फिल्म आगामी अगस्ट १५ मा रिलिज हुने बताईएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : ५८ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा