इजिप्टको सीमा क्षेत्रमा गोली हानाहान, तीन इजरायली सैनिकको मृत्यु « Khabarhub

इजिप्टको सीमा क्षेत्रमा गोली हानाहान, तीन इजरायली सैनिकको मृत्यु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेल अबिब – इजिप्टका प्रहरी अधिकृतको वर्दीका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको छ। इजरायली सेनाका प्रवक्ताले सो घटनाको पुष्टि गरेका छन्।

इजरायली सेनाका अनुसार इजिप्टको सीमामा रहेको सैन्य पोस्टको इजिप्टका प्रहरी अधिकृतको वर्दी लगाएका बन्दुकधारीले शनिबार बिहानै गोली चलाए पछि दुई सैनिकको ज्यान गएको थियो।

यो घटनापछि फेरि गोली हानाहान भएको थियो। जुन घटनामा एक इजिप्टका प्रहरी अधिकारी र तीनजना इजरायली सैनिकको मृत्यु भएको थियो।

सुरक्षा बलका एक सदस्यले लागूऔषध तस्करहरूलाई पछ्याउने क्रममा सो घटना भएको एक विज्ञप्तिमा भनिएको छ। उनीहरूलाई पीछा गर्ने क्रममा सुरक्षा एजेन्टले सीमा पार गरेका थियो, त्यसपछि गोली हानाहान भएको थियो। सो घटना इजिप्ट–गाजा पट्टी सीमा नजिक, इजरायल र इजिप्ट बीचको नित्जाना र अल अवजा सीमा नजिक भएको हो। यो इजिप्टबाट इजरायल वा गाजा पट्टीमा सामान ढुवानी गर्न प्रयोग गरिन्छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार इजिप्टका रक्षामन्त्री मोहम्मद जाकीले आफ्ना इजरायली समकक्षीसँग सीमा गोलीबारीका घटनाबारे कुराकानी गर्दै भविष्यमा यस्ता घटना हुन नदिन आपसी समन्वयका लागि छलफल गरेका छन्।

इजरायली सेनाका अनुसार यसरी मारिने सैनिकमा एक महिला पनि छन्। इजरायलका रक्षामन्त्री योभ गालान्टले घटनाको सम्पूर्ण अनुसन्धान गरिने दाबी गरेका छन्। हत्या तस्करीसँग जोडिएको भनिए पनि अनुसन्धानका क्रममा सो रहस्य खुल्नेछ।

सन् १९७९ मा इजरायलसँग घनिष्ठ सुरक्षा सम्बन्ध स्थापना गर्ने र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने इजिप्ट पहिलो अरब राष्ट्र हो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : ३४ बजे

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।