इजिप्टको सीमा क्षेत्रमा गोली हानाहान, तीन इजरायली सैनिकको मृत्यु | Khabarhub Khabarhub

इजिप्टको सीमा क्षेत्रमा गोली हानाहान, तीन इजरायली सैनिकको मृत्यु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेल अबिब – इजिप्टका प्रहरी अधिकृतको वर्दीका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको छ। इजरायली सेनाका प्रवक्ताले सो घटनाको पुष्टि गरेका छन्।

इजरायली सेनाका अनुसार इजिप्टको सीमामा रहेको सैन्य पोस्टको इजिप्टका प्रहरी अधिकृतको वर्दी लगाएका बन्दुकधारीले शनिबार बिहानै गोली चलाए पछि दुई सैनिकको ज्यान गएको थियो।

यो घटनापछि फेरि गोली हानाहान भएको थियो। जुन घटनामा एक इजिप्टका प्रहरी अधिकारी र तीनजना इजरायली सैनिकको मृत्यु भएको थियो।

सुरक्षा बलका एक सदस्यले लागूऔषध तस्करहरूलाई पछ्याउने क्रममा सो घटना भएको एक विज्ञप्तिमा भनिएको छ। उनीहरूलाई पीछा गर्ने क्रममा सुरक्षा एजेन्टले सीमा पार गरेका थियो, त्यसपछि गोली हानाहान भएको थियो। सो घटना इजिप्ट–गाजा पट्टी सीमा नजिक, इजरायल र इजिप्ट बीचको नित्जाना र अल अवजा सीमा नजिक भएको हो। यो इजिप्टबाट इजरायल वा गाजा पट्टीमा सामान ढुवानी गर्न प्रयोग गरिन्छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार इजिप्टका रक्षामन्त्री मोहम्मद जाकीले आफ्ना इजरायली समकक्षीसँग सीमा गोलीबारीका घटनाबारे कुराकानी गर्दै भविष्यमा यस्ता घटना हुन नदिन आपसी समन्वयका लागि छलफल गरेका छन्।

इजरायली सेनाका अनुसार यसरी मारिने सैनिकमा एक महिला पनि छन्। इजरायलका रक्षामन्त्री योभ गालान्टले घटनाको सम्पूर्ण अनुसन्धान गरिने दाबी गरेका छन्। हत्या तस्करीसँग जोडिएको भनिए पनि अनुसन्धानका क्रममा सो रहस्य खुल्नेछ।

सन् १९७९ मा इजरायलसँग घनिष्ठ सुरक्षा सम्बन्ध स्थापना गर्ने र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने इजिप्ट पहिलो अरब राष्ट्र हो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : ३४ बजे

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र