टी–ट्वान्टी महिला सिरिज नेपाललाई | Khabarhub Khabarhub

टी–ट्वान्टी महिला सिरिज नेपाललाई


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच खेलको टी–ट्वान्टी महिला सिरिज नेपालले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले हराउँदै नेपालले सिरिज ३–२ ले हात पारेको हो । 

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालकी सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । यस्तै, कप्तान रूबिना क्षेत्रीले २३, अप्सरी बेगमले १५ तथा ज्योती पाण्डेले ११ रन बनाइन् । मलेसियाकी हमिजा हसिमले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । 

मलेसियाका वान जुलियानले ४७ रन बनाइन् । यसैगरी विनिफ्रेड दुराइ सिंघमले २, महिराह इज्जाती इस्माइलले २० रन जोडिन् । नेपालकी कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिइन् ।

नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो भने पहिलो र चौथो खेलमा पराजित भएको थियो । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १२ : ५५ बजे

इक्वेडरमा कैदीको झडप : १४ जनाको मृत्यु

क्विटो – इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन