चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ : चिनियाँ रक्षामन्त्री | Khabarhub Khabarhub

चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ : चिनियाँ रक्षामन्त्री


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन् ।

चीन–अमेरिका २० औं ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भने, ‘यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्र बिन्दु हो ।’ उनले दुवै देशलाई विश्व समुदायको अपेक्षाअनुसार चल्न र समयको प्रवृत्तिलाई पछ्याउन आह्वान गरे ।

लीले अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाबीच बलियो र स्थिर सम्बन्धको खोजी गरिरहेको बताए । चीन सम्बन्धमा कुनै पनि सम्भावित सङ्घर्ष वा टकरावको बारेमा चिन्तित छ, जुन संसारको लागि एक असह्य विपत्ति हुनेछ ।

उनले भने, “आफ्नो स्वार्थका लागि गुटको मुठभेड भड्काउनुको साटो प्रमुख देशहरूले सबैको हितलाई ध्यानमा राख्नुपर्छ । आदानप्रदान र सहयोगको माध्यमबाट मतभेदको समाधान गर्नुपर्छ ।”

विभिन्न प्रणाली र अन्य मतभेदका बावजुद चीन र अमेरिकाले द्विपक्षीय सम्बन्ध बढाउन र सहयोगलाई प्रगाढ बनाउन साझा आधार र हितको खोजी गर्नुपर्ने उल्लेख गर्दै दुवै देशले सहयोगबाट फाइदा उठाएको र मुठभेडबाट हारेको इतिहासले प्रमाणित गरेको उनले बताए ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : १७ बजे

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौं– कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र वेस्ट इन्डिज भिडन्त : ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट