सुडानमा युद्धविरामका लागि दबाब « Khabarhub

सुडानमा युद्धविरामका लागि दबाब


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि आइतबार पुनः दबाब दिएका छन् ।

धेरै पटक युद्धविराममा सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले गत हप्ता दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको थियो र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहराएको थियो ।

सुडानको आधिकारिक सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) का प्रतिनिधिहरू साउदी अरबको तटीय शहर जेद्दाहमा रहेका छन् ।

रियादले भनेको छ, “विदेशी मध्यस्थहरूले ‘शत्रुताको स्थायी अन्त्यको लागि निर्माण गर्ने उद्देश्यका साथ नयाँ युद्धविरामका लागि पक्षहरू सहमत हुन र प्रभावकारी रूपमा कार्यान्वयन गर्न’ आह्वान गरेका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा जारी युद्धविरामको पाँच दिनको समयावधि औपचारिक रूपमा शनिबारसकिएको छ, तर द्वन्द्व कम हुने कुनै सङ्केत देखिएको छैन ।

“आर्म कन्फ्लिक्ट लोकेसन एण्ड इभन्ट प्रोजेक्ट’का अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १२ लाख मानिस आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् भने चार लाख २५ हजारभन्दा बढी विदेश पलायन भएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १० : २० बजे

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी– पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा

पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चल्यो: गोकुल बाँस्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले समकालीन

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र