दुर्घटनाको ५१ घण्टा पछि उडिसामा एक लेनको रेल सेवा सुचारु  « Khabarhub

दुर्घटनाको ५१ घण्टा पछि उडिसामा एक लेनको रेल सेवा सुचारु 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

उडिसा – रेल दुर्घटना पछि अवरुद्ध उडिसाको रेल सेवा ५१ घण्टा पछि सुचारु भएको छ।

बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबार भयानक रेल दुर्घटना हुँदा पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो।

आइतबार राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएर दुई वटा ट्र्याकहरू मर्मत गरिएसँगै एक लाइनको रेल सेवा सञ्चालनमा आएको छ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेका रेल मन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए। ‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौँ। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ मन्त्री वैष्णवले सञ्चारकर्मीसँग भने, ‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ, अब दोस्रो लाइनबाट पनि रेल सेवा चाँडै सुरु गर्नुपर्छ।’

रेल मन्त्री वैष्णवले दुर्घटनाको  कारण पत्ता लगाइएको र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको पनि जनाएका छन्। ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’ रिर्पोटवारे प्रारम्भिक जानकारी दिँदै उनले भने, सोही बिन्दुबाट अनुसन्धान थालिएको छ।’

गत शुक्रबार राति तीनवटा रेल एक आपसमा ठोक्किँदा तीन सय बढीको मृत्यु भइसेको छ एक हजारको हाराहारीमा घाइते भएका छन्।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ८ : १७ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद