तामाङ भाषाको फिल्म चार दाम सुरु « Khabarhub

तामाङ भाषाको फिल्म चार दाम सुरु


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तामाङ जातिको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न फिल्म ‘चारदाम’ निर्माण हुने भएको छ।

फिल्मको गत सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मुुहुर्त गरिएको थियो। मुहुर्तमा नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ घिसिङले क्ल्याप, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले मुहुर्त सट दिएका थिए।

कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाम फिल्मका निर्देशक तथा लेखकका रुपमा लाखमान योन्जन तामाङ रहेका छन् भने कलाकारहरूमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत छन्। फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशकमा सुमन योन्जन तामाङ, निर्मातामा मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ रहेका छन्।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन्।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : ४५ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन