नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरूको समस्या समाधान भएको प्रति उनीहरु उत्साहित भएको बताएका हुन् ।

उनले अस्ट्रेलियामा नेपालबाट नेपाली विमान सिधै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गरे । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफू बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरूसंग कुराकानी गरेको अव यस विषयमा थप छलफल गर्ने उनले बताए ।

त्यस्तै उनले बजेटका विषयमा आएका चर्चाका विषयमा आफू जानकार रहेको भन्दै यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिए ।

सगरमाथाको आरोहणको ७० औं वर्षदिवसको कार्यक्रममा सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना