केबलकार उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै « Khabarhub

केबलकार उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देहीको बुटवल जाने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जान लागेका हुन् । 

जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन गर्न लागिएको हो ।

बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको २०७७ साल फागुन १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  केबलकारको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ ।

केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एक बाकसमा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले नेता विष्णु पौडेललगायत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : २३ बजे

रास्वपा कोशी प्रदेशको अधिवेशन भोली, सभापतिको दौडमा गेलालसहित आधा दर्जन उम्मेदवार

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन

महावीर थपिँदा र सुधनले कम ब्याक गर्दा बालेनसँग अब रक्षा मन्त्रालय मात्रै

काठमाडौँ- प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन्

रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण

काठभित्र १०० टन लागूऔषध

सान्टियागो- चिलीका सुरक्षा तथा भन्सार निकायहरूले काठको ठूलो ढुवानीभित्र लुकाएर

कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म नेपालमा