मधेसका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ « Khabarhub

मधेसका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ।

बुधबार राजधानीमा सुरु कार्यशालाले पुरुष प्रधान फिल्म क्षेत्रमा मधेसका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यशालाको उद्देश्य महिला सशक्तीकरण तथा सिर्जनात्मक विविधताको समावेशिता रहेको छ।

दुई चरणमा भइरहेको यस कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० सम्म सञ्चालन भएको थियो, जसअन्तर्गत राखिएको ५ दिने भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ प्रशिक्षार्थी सहभागी थिए। ती मध्येबाट ९ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको हो।  २४ जेठदेखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यशालामा प्रशिक्षार्थीहरूलाई नेपालका ख्यातिप्राप्त फिल्मकर्मी तथा कथाकारले कथा लेखनका विषयमा सल्लाह तथा मार्गदर्शन प्रदान गर्नेछन्।

मधेसका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन्। तसर्थ, पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेसकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो फिल्मको पटकथाको रूप दिनु नै ‘टेल योर स्टोरी’ कार्यशालाको प्रमुख लक्ष्य रहेको छ।

फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोग, तथा नेपालस्थित अमेरिकी राजदूतावास तथा शिक्षा फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालित ‘टेल योर स्टोरी–(मधेश च्याप्टर)’ कार्यशाला महिला कथाकारहरूलाई आफ्ना जीवनुभव पटकथाका रूपमा उतार्नका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नमा दत्तचित्त लागेको छ।

कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेसकै फिल्मकर्मीहरूबाट फिल्मका रूपमा विकास गरिनेछ। कार्यशालामा आरतीकुमारी मण्डल, कविता खड्का, किरण शाह, पुनम रौनियार, प्रतिभा झा, पुजा यादव, पुष्पा यादव, रेनुका जिसी र सुष्मा शर्मा सहभागी छन्। उनीहरुलाई शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नविन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाश विक्रम शाहले प्रशिक्षण दिइरहेका छन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : २० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर