प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा « Khabarhub

प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

मुम्बई – साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन्।

त्यो समयमा उनलाई ‘विंक गर्ल’ समेत भनिएको थियो। त्यो बेला यो दृश्यले उनले जति सनसनी मच्चाएकी थिइन्, अहिले यही दृश्यका कारण विवादमा तानिएकी छन्।

प्रियाले अहिले आएर त्यो दृश्यको अवधारणा आफूले निकालेको दाबी गरेकी छन्। ‘मैले त्यो दृश्यको अवधारणाबारे निर्देशकलाई जानकारी गराएको थिएँ’, उनले भनेकी छन्।

प्रियाको दाबीमा फिल्मका निर्देशक ओमर लुलुले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा प्रियालाई मजाकको पात्र बनाएका छन्। उनले स्मरण शक्ति बढाउने औषधि खान सुझाव पनि दिएका छन्।

‘बिचरा बच्चाले ५ वर्षपछि बिर्सिएछ। यो आयुर्वेदिक औषधि स्मरण शक्ति गुमाउनेका लागि उपयुक्त हुन्छ’, उनले ट्वीटरमा एक आयुर्वेदिक औषधिको तस्वीर राख्दै लेखेका छन्।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ४१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै