टर्कीलाई लडाकु विमान एफ ३५ नबेच्ने अमेरिकी घोषणा « Khabarhub

टर्कीलाई लडाकु विमान एफ ३५ नबेच्ने अमेरिकी घोषणा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ–३५ बिक्री नगरिने बताएका छन् ।

टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पको यस्तो घोषणा आएको हो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीलाई अत्याधुनिक लडाकु विमान नबेच्ने औपचारिक जानकारी अमेरिकाले गराइसकेको बताए ।

उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रुसी हतियार खरिद गरेको आरोप लगाए ।

अमेरिकी प्रस्तावित रक्षा मन्त्री मार्क एस्परले टर्कीले एस–४०० अथवा एफ–३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुवै साधन टर्कीले प्राप्त गर्न नसक्ने बताए । उनले उत्तर एटलाण्टिक सन्धि संगठन नेटोको सदस्य मुलुक टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु दुःखद रहेको बताए ।

सन् २०१७ डिसेम्बरमा टर्की र रुसबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो । एस–४०० रुसको हालसम्मकै अत्याधुनिक लामो दूरीको जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणाली हो ।

रुसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ३ : ३७ बजे

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई