टर्कीलाई लडाकु विमान एफ ३५ नबेच्ने अमेरिकी घोषणा « Khabarhub

टर्कीलाई लडाकु विमान एफ ३५ नबेच्ने अमेरिकी घोषणा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ–३५ बिक्री नगरिने बताएका छन् ।

टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पको यस्तो घोषणा आएको हो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीलाई अत्याधुनिक लडाकु विमान नबेच्ने औपचारिक जानकारी अमेरिकाले गराइसकेको बताए ।

उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रुसी हतियार खरिद गरेको आरोप लगाए ।

अमेरिकी प्रस्तावित रक्षा मन्त्री मार्क एस्परले टर्कीले एस–४०० अथवा एफ–३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुवै साधन टर्कीले प्राप्त गर्न नसक्ने बताए । उनले उत्तर एटलाण्टिक सन्धि संगठन नेटोको सदस्य मुलुक टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु दुःखद रहेको बताए ।

सन् २०१७ डिसेम्बरमा टर्की र रुसबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो । एस–४०० रुसको हालसम्मकै अत्याधुनिक लामो दूरीको जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणाली हो ।

रुसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ३ : ३७ बजे

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस