‘स्पाइडर म्यान’ टमले अभिनयबाट ब्रेक लिने « Khabarhub

‘स्पाइडर म्यान’ टमले अभिनयबाट ब्रेक लिने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – विश्वभर ‘स्पाइडर म्यान’ भनेर चिनिने टम हल्याण्डले अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन्।

‘द क्राउडेड रुम’ शृंखलामा काम गरेपछि उनले एक अन्तर्वार्तामा आफू अहिले निकै थाकेको र एक वर्षको ब्रेक लिन चाहेको बताएका हुन्।

टम आजकल वेब सिरिज ‘द क्राउडेड रुम’ मा व्यस्त छन्। टमले यो सिरिजका लागि आफूले निकै मेहनत गरेको पनि सुनाए। द क्राउडेड रुम एप्पल टिभीमा जुन ९, २०२३ (शुक्रबार) मा रिलिज भएको छ।

‘द क्राउडेड रुम’का निर्माताले एक अन्तर्वार्तामा भने, ‘उनीमाथि दबाब बढ्यो। हल्याण्डले शृङ्खलामा ड्यानी सुलिभानको भूमिका खेल्छन्। यो मानसिक रोगबाट पीडित भएर पनि सफल जीवन जिउन संघर्ष गरिरहेका मानिसहरूको सत्य र प्रेरणादायी कथाहरूमा आधारित छ।

चर्चित लेखक तथा हास्य कलाकार डोमिनिक हल्याण्डका छोरा टम पहिलो पटक मल्टिस्टारर फिल्ममा देखा परेका थिए। २०१९ मा टमलाई मुख्य भूमिकामा फिल्म ‘स्पाइडरम्याना: फार फ्रम होम’ मा प्रस्तुत गरिएको थियो। सन् २०१६ बाट उनको हलिउड यात्रा सुरु भएको थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : ३४ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा