फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता « Khabarhub

फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले बताएका छन् ।

सरकारी अभियोजक लाइन बोनट–म्याथिसले एक पत्रकार सम्मेलनमा भने, “अब्दलमासिह एचले ४८ घण्टा प्रहरी हिरासतमा रहँदा र अनुसन्धानको नेतृत्व गरिरहेका म्याजिस्ट्रेटसमक्ष बोल्न अस्वीकार गरेका थिए ।”

उनले भने,“दुई मनोवैज्ञानिक परीक्षण पछि चिकित्सकहरूले अब्दलमासिह एचले ‘पुलिस हिरासतमा दिएको वयानसँग मिल्दोजुल्दो रिपोर्ट अर्थात् आक्रमणकारी झुक्किएर आक्रमण नगरेको निष्कर्ष निकालेका छन् ।”

यद्यपि, यो चरणमा अन्य मनोवैज्ञानिक विकृतिहरूको निदान वा अस्वीकार गर्न धेरै चाँडो हुने उनले बताए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ४७ बजे

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र

आसियान सम्मेलनमा रुबियो-लाभरोभ भेटवार्ता, युक्रेन र इरान युद्धबारे छलफल

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुन आवश्यक : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी  (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुक