नेदरल्याण्ड्सविरुद्धको अभ्यास खेलमा नेपाल पराजित | Khabarhub Khabarhub

नेदरल्याण्ड्सविरुद्धको अभ्यास खेलमा नेपाल पराजित


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेका नेपाली टोली शनिवार भएको खेलमा नेदरल्याण्ड्स ५ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाउँदा गुलसन झाले २४ रन र प्रतिश जिसीले १९ रन बनाए। नेपालका शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकको रननै जोड्न सकेनन्।

ओपनर कुशल भुर्तेल ९, आशिफ शेख र अर्जुन साउदले समान ४ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए। नेदरल्याण्ड्सका एल भी भान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटन फ्लोयडले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्यसम्म पुग्यो। डच टोलीका लागि विस्ले बार्रस्सीले सर्वाधिक अविजित ६३ रन बनाए । सक्व जुलिफिक्वर र स्कट एडवार्डले समान २२ रनको योगदान दिए। बलिङतर्फ गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए। यसअघि पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : ३० बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको