कजाकस्तानको जङ्गलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु | Khabarhub Khabarhub

कजाकस्तानको जङ्गलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार अपरान्ह् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुल १४ जनाको शव फेला परेको छ । डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ ।”

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पु¥याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन् ।

डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन् ।

विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो।

घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गर्नुभएको छ भने अन्य मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : २५ बजे

मधेस सकारबाट बाहिरियो कांग्रेस 

जनकपुरधाम– नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ

युएस क्रिकेट निलम्बित

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलकुदको विश्व प्रशासकीय निकायमा

पहिरोले कोदारी राजमार्गमा सधैँको सास्ती (तस्बिरहरू)

काठमाडौं– नेपाल चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रबिसे तातोपानी सडक खण्डमा

आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु

सिमकोट– भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

बागमती– जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक