शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता « Khabarhub

शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन। उनका लागि फ्यान जे गर्न पनि तयार छन्।

यसपटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन्। शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा उनको सिग्नेचर स्टेप गरे जुन रेकर्ड बनेको छ।

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ। हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए। जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए। यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ। शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए।

कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए। चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे। ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन्। यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ४२ बजे

जनताले नेकपालाई फेरि पनि अवसर र न्याय दिनेछन् : सह–संयोजक नेपाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले

अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप

सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने जिम्मा हाम्रो काँधमा : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन– जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ