'उत्कृष्ट फिचर फिल्म' को अवार्ड झिँगेदाउलाई | Khabarhub Khabarhub

‘उत्कृष्ट फिचर फिल्म’ को अवार्ड झिँगेदाउलाई


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा फिल्म ‘झिँगेदाउ’ले ‘उत्कृष्ट फिचर फिल्म’को अवार्ड जितेको छ । काभ्रेको भकुण्डेबेसीमा शनिबार आयोजित समापन समारोहमा यो फिल्मले अवार्ड पाएको हो ।

महोत्सवमा ‘उत्कृष्ट फिचर फिल्म पटकथा’ को अवार्ड फिल्म ‘प्रकाश’ का लागि विकास सुवेदीले प्राप्त गरे । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ ‘उत्कृष्ट अभिनेता’ को अवार्ड ‘झिँगेदाउ’ बाट मुकुन भुषालले प्राप्त गर्दा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड ‘प्रकाश’बाट दीया मास्केले जितिन् ।

‘फिचर फिल्म जुरी अवार्ड’ फिल्म ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दिनेश राउतले उक्त अवार्ड ग्रहण गरे । ‘उत्कृष्ट फिचर फिल्म निर्देशक’को अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । ‘उत्कृष्ट फिचर फिल्म छायाँकार’को अवार्ड ‘डेसान’बाटै ले चक्रबहादुर महर्जनले जिते ।

‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । ‘उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड’ फिल्म ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो ।

‘उत्कृष्ट भाषिक फिल्म’तर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’लाई प्रदान गरियो । ‘उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड’ फिल्म ‘परिवर्तन’बाट सरिता भारतीलाई प्रदान गरियो । ‘उत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘परिवर्तन’का लागि डब्बु क्षेत्रीले प्राप्त गरे ।

‘उत्कृष्ट सर्ट फिल्म’को अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो । ‘उत्कृष्ट सर्ट फिल्म अभिनेता’को अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । ‘उत्कृष्ट सर्ट फिल्म अभिनेत्री’को अवार्ड ‘चरित्र’ बाट श्रोता आचार्यले जितिन् ।

आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, अभिनेता उत्तम केसी, निर्माता संघका कोषाध्यक्ष ज्योति राई लगायतले अवार्ड प्रदान गरेका थिए ।

महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपश्चात् अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए ।

महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मीहरू निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगदसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ समेत प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ५७ बजे

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक