‘उत्कृष्ट फिचर फिल्म’ को अवार्ड झिँगेदाउलाई « Khabarhub

‘उत्कृष्ट फिचर फिल्म’ को अवार्ड झिँगेदाउलाई


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा फिल्म ‘झिँगेदाउ’ले ‘उत्कृष्ट फिचर फिल्म’को अवार्ड जितेको छ । काभ्रेको भकुण्डेबेसीमा शनिबार आयोजित समापन समारोहमा यो फिल्मले अवार्ड पाएको हो ।

महोत्सवमा ‘उत्कृष्ट फिचर फिल्म पटकथा’ को अवार्ड फिल्म ‘प्रकाश’ का लागि विकास सुवेदीले प्राप्त गरे । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ ‘उत्कृष्ट अभिनेता’ को अवार्ड ‘झिँगेदाउ’ बाट मुकुन भुषालले प्राप्त गर्दा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड ‘प्रकाश’बाट दीया मास्केले जितिन् ।

‘फिचर फिल्म जुरी अवार्ड’ फिल्म ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दिनेश राउतले उक्त अवार्ड ग्रहण गरे । ‘उत्कृष्ट फिचर फिल्म निर्देशक’को अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । ‘उत्कृष्ट फिचर फिल्म छायाँकार’को अवार्ड ‘डेसान’बाटै ले चक्रबहादुर महर्जनले जिते ।

‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । ‘उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड’ फिल्म ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो ।

‘उत्कृष्ट भाषिक फिल्म’तर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’लाई प्रदान गरियो । ‘उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड’ फिल्म ‘परिवर्तन’बाट सरिता भारतीलाई प्रदान गरियो । ‘उत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘परिवर्तन’का लागि डब्बु क्षेत्रीले प्राप्त गरे ।

‘उत्कृष्ट सर्ट फिल्म’को अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो । ‘उत्कृष्ट सर्ट फिल्म अभिनेता’को अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । ‘उत्कृष्ट सर्ट फिल्म अभिनेत्री’को अवार्ड ‘चरित्र’ बाट श्रोता आचार्यले जितिन् ।

आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, अभिनेता उत्तम केसी, निर्माता संघका कोषाध्यक्ष ज्योति राई लगायतले अवार्ड प्रदान गरेका थिए ।

महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपश्चात् अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए ।

महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मीहरू निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगदसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ समेत प्रदान गरिएको थियो । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ५७ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम