ग्लाडिएटर-२ को सुटिङ सेटमा विष्फोट « Khabarhub

ग्लाडिएटर-२ को सुटिङ सेटमा विष्फोट


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– मोरक्कोमा छायांकनरत हलिउड फिल्म ‘ग्लाडिएटर २’ को सुटिङ सेटमा विष्फोट हुँदा धेरैको सङ्ख्यामा क्रु सदस्य घाइते भएका छन् । फिल्म प्रोडक्सन कम्पनी पारामाउन्ट पिक्चरले भने पूर्व योजना अनुरूप स्टन्ट सिक्वेन्सको सुटिङ भइरहँदा ‘कम जोखिमपूर्ण दुर्घटना भएको’ दाबी गरेको छ ।

कम्पनीले घाइतेहरूको अवस्था स्थिर रहेकोले उनीहरूको उपचार जारी राखेको जनाएको छ । साताको सुरुमा द सन पत्रिकाले सुटिङ सेटमा विस्फोट भएको र घाइते ६ जनालाई अस्पताल भर्ना गरिएको जनाएको थियो ।

‘यो डरलाग्दो थियो । आगोको ठूलो गोला उड्यो र त्यो गोलामा क्रु सदस्यहरू परे । यतिका वर्षको फिल्मी अनुभवमा मैले त्यस्तो डरलाग्दो दृश्य कहिल्यै देखेको थिइनँ’, क्रुका एक सदस्यको भनाई उल्लेख गर्दै पत्रिकाले लेखेको थियो ।

कम्पनीका प्रवक्ताले विष्फोट लगत्तै त्यहाँ सुरक्षाको उपाय अपनाउँदै चिकित्सकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको जनाएका छन् । सन् २००० मा निर्माण भएको फिल्म ‘ग्लाडिएटर’को निर्देशन सर रिड्ले स्कटले गरेका थिए । फिल्मको सिक्वेल सन् २०२४ को नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्मको नाम हालसम्म टुंगो लागिसकेको छैन । सिक्वेलमा ‘नर्मल पिपुल’ अभिनेता पल मेस्कल, डेन्जल वासिङ्टन र कोनी निल्सनलगायतको अभिनय छ ।
मूल ‘ग्लाडिएटर’ले पाँच ओस्कार जित्दा प्रमुख अभिनेता रसेल कोवेले ‘बेस्ट एक्टर’को अवार्ड उचालेका थिए ।

 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ५ : ४२ बजे

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय