४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण « Khabarhub

४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उच्च शिक्षाको लागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौँ विश्वविद्यालय (केयु) ले एक समारोहकाबिच आइतबार ४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।

नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलाण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाइ सम्बन्धी पेशागत तालिमहरू चलाइरहेका छन् ।

यसवर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बर देखि २०२३ मार्चसम्म र केयुले २०२२ डिसेम्बरदेखि २०२३ अप्रिलसम्म आयोजना गरेका थिए । नेकले सरसफाइ प्रविधिमा पेशागत अध्ययन कार्यक्रममा यसपल्ट नौ जना महिला र १० जना पुरूष गरी जम्मा उन्नाइस जनाले तालिमका सबै मापदण्डहरू पुरा गर्न सफल भएका थिए । सोही विषयमा केयुले आयोजना गरेको कार्यक्रममा चारजना विदेशी विद्यार्थीहरूसहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू सफल भएका थिए । 

अघिल्लो वर्ष पनि यी दुबै संस्थाहरूले समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरेका थिए । विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरू प्राविधिकहरूले सरसफाइ क्षेत्रमा कुनै पनि देशमा कामको लागि आवेदन दिन सक्ने छन् ।

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधारहरू व्यापक भएकोले प्रशिक्षित प्राविधिकहरूले देशमै योगदान गर्नसक्ने क्षेत्रहरू धेरै छन् । नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेको कार्यक्रममा नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्रा.डा. बिमप्रसाद श्रेष्ठले बताए । 

कार्यक्रमको संयोजन नेककोतर्फबाट उपप्राध्यापक विनय शाक्यले तथा केयुकोतर्फबाट उपप्राध्यापक सुमन धुँ श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ३८ बजे

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण