युक्रेनमा आएको बाढीमा परी ३५ जना बेपत्ता « Khabarhub

युक्रेनमा आएको बाढीमा परी ३५ जना बेपत्ता


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए ।

युक्रेनले निप्रो नदीमा रहेको बाँध रूसले भत्काएको आरोप लगाएको छ भने मस्कोले कीएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ ।युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा शहर र गाउँ डुबानमा परेको बताएका छन् ।

क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् । बाढीका कारण खेर्सन क्षेत्रमा पाँच जनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको थियो ।

ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उनको कार्यालयले जनाएको छ ।

“चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराधमात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौं,” कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : ४३ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह