विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्यो : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्यो : स्वास्थ्यमन्त्री बस्नेत


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनमा पूर्वतयारी पहिलो सर्त हुनुपर्ने र पूर्वतयारीका गतिविधि चुस्त हुने सके धेरै विपद्जन्य घटना रोक्न सकिने बताएका छन् । उनले राहतमा पनि पूर्वतयारी प्रभावकारी हुँदा यसबाट क्षति कम गर्न र उद्धार गर्न पनि सहज हुने प्रतिक्रिया दिए ।

आज विपद् व्यवस्थापनसम्बन्धी सिंहदरबारमा भएको कार्यक्रममा उनले विपद्का समयमा उद्धार सामग्रीको अभाव हुने गरेको विगतको अनुभवन सुनाउँदै त्यस विषयमा बेलैमा सजग हुनुपर्नेमा जोड दिए । उनले भने, “यस विषयमा गम्भीरताका साथ लागौँ, आपत्विपत्मा महामारी रोगव्याधि, विमार, सरुवा रोग लाग्नसक्छ, त्यसमा सबै तयारीमा जुट्नुपर्छ ।”

उनले स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न थालिसकेको र मातहतका निकायलाई निर्देशन पनि दिइसकेको जानकारी दिए । कोभिडका समयमा नेपाललाई तर्साइसकेको स्मरण गर्दै मन्त्री बस्नेतले सावधानी अपनाउन सक्यो भने त्यो देशले कम क्षति बेहोर्छ भन्ने कुरा कोभिडकै बेलामा देखिएको पनि उनले बताए ।

विपद्का बेलामा तत्कालै ढुवानी गर्न नसक्ने सामग्री तथा वस्तुको समयमै उचित ठाउँमा व्यवस्थापन गर्न जरुरी रहेको पनि उनले औँल्याए । उनले न्यूनतम आवश्यकताका सामानमा ध्यान दिनुपर्नेमा जोड दिँदै स्वास्थ्य मन्त्रालयले त्यसमा अभियान सुरु गरिसकेको र जिल्लाहरूमा परिपत्र पनि गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ४३ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा