गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान « Khabarhub

गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना, बुङ्कोट, राइनास  र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।

गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उनले बताए।

त्यस्तै फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट, लगायतका २१ प्रकारका विपद् प्रतिकार्य सामग्री प्रहरीचौकीलाई उपलब्ध गराएकोे अध्यक्ष थापामगरको भनाइ छ । प्रहरीचौकीलाई प्रदान गरिएको विपद् प्रतिकार्य सामग्री करिब रु १५ लाख बराबरको रहेको उनले जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल नामक संस्था तथा गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको अध्यक्ष थापामगरले बताएका छन्। ‘विपद् प्रतिकार्य सामग्री सामग्रीको अभावमा विपद्का बेला सुरक्षाकर्मीलाई कार्य गर्न समस्या नहोस् भने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो’, उनले भने, ‘आवश्यक स्रोत साधन भएमात्र प्रहरीलाई जस्तोसुकै विपद्मा भूमिका खेल्न सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

गाउँपालिकामा कार्यक्रमको आयोजना गरी आइतबार गाउँपालिका अध्यक्ष थापामगरले प्रहरीचौकीलाई सामग्री हस्तान्तरण गरेको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका समर्पक व्यक्ति मेघनाथप्रसाद यादवले जानकारी दिए। सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतको सहभागिता रहेको थियो  ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : ०५ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर